28.1 C
Kathmandu
Saturday, July 27, 2024

सांसदलाई पैसा बाड्ने मधेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो ।
आज मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याललाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।
उक्त रिटको पेशी भोलिका लागि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज