25.1 C
Kathmandu
Saturday, July 27, 2024

खगराज अधिकारी नेतृत्वको सरकार ढल्नुमा माओवादीको हात रहेको दीपक मनाङ्गेको आरोप

काठमाडौं। गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद एवं मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले खगराज अधिकारी नेतृत्वको सरकार ढल्नुमा माओवादीको हात रहेको आरोप लगाएका छन् । आज भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादीले सभामुखलाई राजीनामा नगराएको कारण खगराज नेतृत्वको सरकार ढलेको बताएका हुन् ।

‘प्रदेशको सरकार जानुमा सबैभन्दा ठूलो हात त माओवादीको हो नि । मेरो के हात छ र? मैले सपोर्ट गरेर भोट हालेकै हो । खगराज दाईको सरकारमा जाने बेला मैले सानो अन्तरवार्ता दिएको थिएँ । कति सिट हाम्रो छ भनेर दिएको हो नि । हामीले त संख्या दिएको हो । तर, हामीले त तीन जनालेमात्रै साइन गरेका थियौैं त्यो बेला ।’ उनले भने, ‘स्वतन्त्रबाट मैले माओवादीबाट हरिबहादुर चुमानले, खगराज अधिकारीले एमालेबाट । ३१ जनाको संख्या त ठीक हो । त्यो संख्यालाई ३१ मा त लानुपर्यो नि । त्यतिबेलाको लागि त सभामुखले राजीनामा गर्नुपथ्र्यो । उहाँहरुले गर्नुभएन ।’

मन्त्री गुरुङले प्रदेश सरकारमा सहभागी हुनु आफ्नो बाध्यता रहेको बताए । आफू कुनै प्राइज पाउनका लागि सरकारमा सहभागी नभएको उनले बताए । प्रदेश मध्यावधितिर जानबाट रोक्न आफूले प्रत्येक सरकारलाई समर्थन गर्दै आएको उनले बताए ।

साथै, एमालेलाई सपोर्ट गर्दा कांग्रेस र कांग्रेसलाई सपोर्ट गर्दा एमाले रिसाउने गरेको पनि उनले सुनाए । उनले उस्तै परे आफू २० पटक पनि मन्त्री बन्नुपर्ने बाध्यता रहेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज