30.1 C
Kathmandu
Saturday, July 27, 2024

आयरल्याण्ड क्यानडाद्वारा १२ रनले पराजित

काठमाडौं आईसीसी टी–२० विश्वकपमा एसोसियट मुलुक क्यानडाले टेष्ट टोली आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ।

शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो।

क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यक थियो। तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले आयरल्याण्डविरुद्ध १२ रनको जित निकालेको हो।

प्रतियोगितामा पहिलो जित निकालको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ। क्यानडा यसअघि अमेरिकासँग ७ विकेटले पराजित भएको थियो।

लगातार दोस्रो हार बेहोरेको आयरल्याण्ड तालिकाको पुछारमा छ। यसअघि पहिलो खेलमा आयरल्याण्डलाई भारतले ८ विकेटले हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज