28.1 C
Kathmandu
Saturday, July 27, 2024

विपक्षलाई प्रधानमन्त्री बनाउने भएपछि प्रतिनिधिसभा विघटन गरे- अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर गरेको दावी गरेका छन् ।

पार्टीको शनिवार काठमाडौंंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको उनले बताए ।

उनले भने, ‘त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैन थियौँ हामीले। यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो। दक्षिणपन्थी शक्तिहरुको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाईसक्या हुन्थ्यो।

अध्यक्ष ओलीले पार्टीले मिनि–२०८४ लाई सफल बनाउने लक्ष्य लिएको र त्यसलाई सार्थक बनाउनका लागि पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढन पनि सचेत गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज