28.1 C
Kathmandu
Saturday, July 27, 2024

नेपाली कांग्रेसका नेता सिंहलाई भेट्न केन्द्रीय सदस्य महर पुगे नयाँ दिल्ली

काठमाडौैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन् । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत सिंहलाई भेट्न महर नयाँ दिल्ली पुगेका हुन् ।

महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका जनाएको छ ।
नेपाली चिकित्सकको सिफारिसमा जेठ २१ मा मूत्रप्रणालीमा समस्या देखिएपछि सिंहको नयाँदिल्लीमा अप्रेसन गरिएको थियो।

उहाँको अवस्था सुधारोन्मुख छ । स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्नुहुनेछ,’ महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो।

एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२ मा नयाँदिल्लीमा आयोजना गर्ने कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र केही भारतीय नेतृत्वसँग भेटघाटको कार्यतालिका रहेको जनसम्पर्क समितिका नेता सागर शाहीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज