28.1 C
Kathmandu
Saturday, July 27, 2024

अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको आरोप लगाएका छन् ।
पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा अध्यक्ष नेपालले जसपापछि नेकपा एसलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्‍याएर सिध्याउन खोजिएको आरोप लगाएका हुन् ।

नेपालले भने, कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागी परेका छन् । जसपापछि दोस्रो तारो हामी बनेका हौंं । एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? यो यथार्थ बुझेनौँ भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज