28.1 C
Kathmandu
Saturday, July 27, 2024

कर्णाली झोलुंगे पुलमा १३ खच्चड मध्ये ११ वटाको सकुशल उद्धार, २ को मृत्यु

काठमाडौं- कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ । पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ। २ वटालाई भने बचाउन नसकिएको प्रहरीले जानकारी दिएका छन् ।

आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो । दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए ।
दैलेख प्रहरी नायब उपरिक्षक डीएसपी सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ । फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो । ती मध्ये ८ वटाको सकुशल उद्धार भयो । बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाँकी रहेका तीनवटा खच्चडलाई भने पुलबाटै बाहिर निकालिएको दाहालले बताए। ‘लोड कम भएपछि तीनवटालाई तारको सहायताबाट नदीमा नखसालि निकालियो,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज