25.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित, यस्तो छ कारण …

काठमाडौं । आज हुने भनिएको प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित भएको छ ।

सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलको बैठकले दुई दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज