मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ भारत जाँदै

2
sf7df8f}F, !% h]7M /f;;;Fu k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú /f;;nfO{ cGt/jftf{ lbg''x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदैछन् ।

५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम रह्को छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै ‘छिमेक पहिले’ नीति ल्याएका थिए । सोही विदश नीतिअनुसार मोदीले दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here