30.1 C
Kathmandu
Saturday, July 27, 2024

दिपक मनाङे नेकपा एस प्रवेश

पोखरा  ।  मनाङबाट प्रदेस सभामा स्वतन्त्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराउनुभएको हो ।

गुरुङले  निकालेको विज्ञप्तिमा आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे गण्डकी प्रदेशमा दुई पटक मन्त्री बन्नु भएको थियो । यससँगै गण्डकी प्रदेशमा एकीकृत समाजवादीका एकजना सांसद भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज