28.1 C
Kathmandu
Saturday, July 27, 2024

गोसाइँकुण्डमा गंगा दशहरा मेला, भक्तजनको घुईचो

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गंगा दशहरा मेला चलिरहेको छ । गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । ४ हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृतले जानकारी दिए ।

श्रद्धालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाएकोछ । गंगा दशहरा मेला १० दिनसम्म लाग्छ। काठमाडौँबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी र लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ। मेला असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज