28.1 C
Kathmandu
Saturday, July 27, 2024

लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतद्धारा वृद्धवृद्धाहरुलाई फलफुल वितरण

पर्वत । लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले मोदीवेणी धाममा रहेको वृद्धाआश्रममा फलफुल वितरण गरेको छ । शाखाको छैठौँ अधिवेशनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अनुसार आज पाचौ दिन फलफुल वितरण गरेको शाखाका अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो । उहाँले सेवा नै धर्म हो भन्ने हिसावले मोदीवेणी धाममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गरिएको बताउँनुभयो । गदालले कलाकारहरु कलाकारिता मात्र सिमित नभइ सामाजिक काममा पनि सक्रिय हुनुपर्ने बताउँनुभयो । पलफुल वितरण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । शाखाले मंसिर २४ गते अधिवेशनको मुल समारोह रहनेगरी त्यस अघि विभिन्न समाजिक तथा मनोरञ्नात्मक कार्यक्रम गरिहेको छ । पहिलो दिन गुप्तेश्वर बेदविदाङ पाठशालामा बटुकहरुलाई खाद्यान्न वितरण,दोस्रो दिन पर्वत कारागारका कैदीबन्दीहरुलाई बाद्ययवादनका सामाग्री प्रदान, तेस्रो दिन लोक गित प्रतियोगिता र हिजो चौथो दिन मोदी गाउँपालिका वडा नं ६ दोबिल्लाका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको थियो भने भोली २३ गते समाज कल्याण आधारभूत बिद्यालय जलजलमा वाटर डिस्पेन्सर र समिक्षा गर्ने २४ गते ११ बजे अधिवेशन उद्घाटन हने अध्यक्ष गदालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज