28.1 C
Kathmandu
Saturday, July 27, 2024

पोखरा विश्वविद्यालयका बिद्यार्थी द्धारा महाशिलामा ‘सुश्म्य स्वास्थ्य’ परियोजना’कार्यक्रम सम्पन्न

पर्वत । पोखरा विश्वविद्यालयका विद्यार्थीहरुले महाशिला गाउँपालिकामा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न गरेका छन् । । सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमका लागि महाशिला गाउपालिका वडा नम्बर ५ मा आएका जनस्वास्थ्य तेश्रो वर्ष , ’समूह क’ का बिद्यार्थीहरुले शनिबार ‘सुश्म्य स्वास्थ्य’ परियोजना’ अन्तर्गत स्वास्थ्य सम्बन्धि कार्यक्रम सम्पन्न गरेका हुन् । बिद्यार्थीहरुले सुरुमा महाशिला गाउपालिका वडा नम्बर ५ का चार सय घरधुरीमा गएर स्वास्थ्य सम्बन्धि तथ्यांक संकलन गरेर उक्त वडामा बिद्ययमान स्वास्थ्य समस्या पहिचान गरेका थिए ।

उक्त कार्यक्रमबाट महाशिला गाउपालिका वडा नम्बर ५ मा नसर्ने रोगको समस्या, स्वास्थ्य बिमाको समस्या, मानसिक स्वास्थ्य ज्ञानको कमि, धुम्रपान र मध्यपानको समस्या देखिएको थियो । सो समस्याको समाधानका लागि बिद्यार्थीहरुले ’सुश्म्य स्वास्थ्य परियोजना’ आयोजना गरेको बताएका छन् ।

महाशिला गाउँपालिका वडा नम्बर ५ का सबै ठाउँलाइ समेट्ने गरि आले, जिमिरे, दुक्तान र थुम्किलामा नसर्ने रोग, मानसिक स्वास्थ्य, धुम्रपान, मध्यपान सम्बन्धि संचेतना कार्यक्रम र रक्तचाप मापन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेवीका लगयात १ सय २० जना भन्दा बढिको सहभागिता रहेको थियो । यस ’सुश्म्य स्वास्थ्य परियोजना’ कार्यक्रम मार्फत समुदायका मानिसले स्वास्थ्य सम्बन्धि पाएको जानकारीलाइ बानि व्यहोरामा सकारात्मक परिबर्तन ल्याउँनेमा आफुहरु आशावादी रहेको विद्यार्थी बसन्त कुमार धामीले बताउँनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज