28.1 C
Kathmandu
Saturday, July 27, 2024

महिन्द्राको सव—डिलर अब कुश्मा बजारमा पनि

पर्वत । पर्वतको कुश्मा बजारमा महिन्द्रा एण्ड महिन्द्राको सव—डिलर सनराइज मोटर पार्टसको उद्घाटन गरिएको छ । फलेवास नगरपालिका वडा नं ११ पाङराङका युवाराज उप्रेतीले सञ्चालन गरेको सनराइज मोटर पार्टसले महिन्द्राको सव—डिलरको जिम्मेवारी लिएर औपचारिक रुपमा सञ्चालनमा आएको हो । मोटर पार्टसको फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै तिवारीले ठुलो लगानीमा सञ्चालनमा आएको मोटर पार्टसको व्यवसायिक सफलताको शुभकामना दिनुभयो । उहाँले सवारी साधनका इन्जिङ बनाउँनु र विक्रि गर्नु पनि समाज सेवा भएको बताउँदै सर्वशुल्भ रुप सेवाग्राहीलाई पार्टपुर्जा उपलब्ध गराउँन अनुरोध गर्नुभयो । । तिवारीले सवारी साधन गन्तव्यमा पुग्न सवारी साधनका इन्जिङ ठिक हुनुपर्ने भएकाले कम्पनीमा आवद्ध प्राविधिहरुले ध्यान दिएर सावरी साधनको मर्मत सभार गर्न पनि आग्रह गर्नुभयो । उहाँले अब हरेक नेपालीले आफ्नै जन्मभुमिमा केहीन केही इलाम गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा कुश्मा नरपालिकाका उप—प्रमुख श्वस्थनी रिञ्जाल, कुश्मा नगरपालिका वडा नं ७ का पुर्व अध्यक्ष सुवास चन्द्र लामिछाने,अग्नि ग्रुप स्पेयर पार्टस हेड युगल सिङ्ग लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

महिन्द्रा एण्ड महिन्द्राका सम्पुर्ण गाडीहरुको मर्मत सभारको एक मात्र आधिकारिक सर्भिस सेन्टर पर्वतको सनराइज मोटर पार्टस सञ्चालनमा आए संगै अव भने महिन्द्राका गाडी प्रयोगकर्ता मर्मत सभारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको छ । नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरु माझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव–डिलरको संचालनले थप टेवा पुर्याउनेमा विश्वसत रहेको अग्नि ग्रुप प्रोभिन्स म्यानेजर सन्तोष सुवदीले बताउँनुभयो ।
मोटर पार्टसमा जेनुन पार्टस, लुब्रिकेन्शको उपलब्धता सहित तालिम प्राप्त टेक्निसियनबाट सम्पुर्ण कम्पनीका सवारी साधन मर्मत सभार गरिने सञ्चालक युवाराज उप्रेतीले बताउँनुभयो । उप्रेतीले आफुले धेरै बर्ष भारती सेनाको रुपमा जागिर खाएको र जागिरबाट फर्के पछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उदेश्यले यो व्यवसाय संचालन गरेको बताउँनुभयो ।उहाँले थोरै पैसा बचाउनका लागि नक्कली पार्टस आफ्नो सवारी साधनमा प्रयोग गरेर सवारी साधनको आयु कम नगर्न पनि सम्पुर्ण ग्राहकमा अनुरोध गर्नुभयो । उप्रेतीले आफुले संचालन गरेको मोटर पार्टस तथा सर्भिस सेन्टरमा १६ जनाले प्रत्यक्ष रोजगार पाएको पनि बताउँनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज