30.1 C
Kathmandu
Saturday, July 27, 2024

पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो । यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार तीन सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज