30.1 C
Kathmandu
Saturday, July 27, 2024

पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको ज्यान गयो, एक जना घाइते

डाेटी – पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २५/२६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार  ६५ वर्षकी नैना विष्ट घाइते हुनुभएको छ ।

उहाँको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गएराति अन्दाजी १ बजेतिर आएको पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज