25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला ४ धुवाकोटमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ४ धुवाकोटमा धुवाकाृट सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट आफ्ना नागरिक बन्चित नहुन भन्ने उदेश्यले गाउँपालिकाले स्वास्थ्य ईकाइको स्थापना गरेको हो ।

वातावरण संरक्षण आमा समुह धुवाकोटको भवनमा स्थापना गरिएको स्वास्थ्य इकाईको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले मंगलबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बौल्दै पौडेलले पालिकाबासीलाई गुणस्तरिय स्वास्थ्य सेवा दिन गाउँपालिका तत्पर रहेको बताउँनुभयो । उहाँले पालिकाबासीलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको बताउनुभयो ।

घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएको स्वास्थ्य इकाईले स्वाथ्य सेवाको पहुँच बाहिर रहेका यहाँका सर्वसाधारणलाई राहत दिने महाशिला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पुरण मल्लले बताउँनुभयो ।

सामुदायिक स्वास्थ्य ईकाइमा एक अहेब ,एक अनमी र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको । गाउँमा समान्य रुघाकोकी, ज्वरो, पखाला लागेपछि उपचार गर्न पनि पैदल यात्रा गरेर उपचार गर्न जाने दुख हटेकोमा स्थानीयवासी हर्षित बनेका छन् ।
वडाको लाम्तुनमा एक स्वास्थ्य चौकी रहेको छ भने यस अघि नै भण्डारी थरमा स्वास्थ्य ईकाइ सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज