30.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिलाका आर्गानिक उत्पादन पोखरामा

पर्वत । महाशिला गाउँपालिकाको स्थानिय अर्गानिक उत्पादनको बिक्रि वितरण पोखरामा शुरु भएको छ । १ बर्ष अघि महाशिला ५ लुंखुबाट व्यवसायिक यात्रा शुरु गरेको एफ.एफं ग्रुपले पोखरा सिमलचौरमा विग स्टोन स्पलायर्स सञ्चालन गरि महाशिलाका आर्गानिक उत्पादन बिक्रि वितरण शुरु गरेको हो ।

सपलायर्सको शनिबार महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीले उद्घाटन गर्नुभयो । ठकुरीले महाशिलामा उत्पादन भएका बस्तु पोखरामा विक्री हुन लागेकोमा खुशी व्यक्त गर्दै सहरमा बसे पनि गाउँमा उत्पादन हुने खाद्यान्न मन पराउनेहरुका लागि यसले फाईदा पु¥याउने बताउनुभयो । उहाँले युवा उद्धमीहरुको समुह एफ.एफ. ग्रुप तथा बहुउँदेश्यीय सहकारीले गाउँले उत्पादनलाई बढावा दिदै उपभोक्तालाई गाउँघरको स्वाद दिदै कृषकलाई बजार दिएर रोजगारीमा समेत टेवा पु¥याएको बताउँनुभयो ।

सपलायर्स मार्फत महाशिलामा भएका दुध उत्पादन ,कृषि उत्पादन तरकारी र स्थानीय कृषकहरुको उत्पादन संकलन गरि विक्री गर्ने एफ.एफ ग्रुपका सञ्चालक तिलक अधिकारीले बताउँनुभयो । उहाँका अनुसार विग स्टोन स्पलायर्स मार्फत बिक्री हुने सामानहरु गुणतस्तरीय र अर्गानिक छन् । साथै विक्री गर्नुपूर्व सामानको गुणस्तर परिक्षण गरेर मात्रै बेच्ने उहाँको दाबी छ । अधिकारीले युवाहरुलाइ उत्पादन र श्रमसंग जोडी आफ्नै गाउँमा कमाउँ, आफ्नै गाउँमा रमाउँ भन्ने उदेश्यका व्यवसाय शुरु गरेको बताउँनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज