25.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण

काठमाडौं ९ असोज । मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघुउपन्यास ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गर्दै महिलालाई प्रमुख पात्र बनाएर तयार पारिएका उपन्यासलाई पाठकले रुचिका साथ पढ्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

उहाँले महिलाले समाजमा पु¥याएको योगदानलाई पुस्तकमा उतारिएकाले वैदेशिक रोजगारी, बालश्रम, पारिवारिक हिंसाजस्ता समाजिक समस्यालाई पनि औँल्याउनाले पुस्तक पठनीय बन्न पुगेको बताउनुभयो । उहाँले साहित्यले समाजको यथार्थ चित्रण गर्ने हुँदा यसको महत्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कवि, गीतकार तथा पूर्वसचिव कालिप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शङ्कर कोइराला, सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, कला समालोचक धुव्र मधिकर्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पुस्तकका लेखक श्रेष्ठले पितृसत्तात्मक नेपाली समाजमा महिलालाई हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा जीवनका भोगाइ एवं अनुभवका बारेमा लेखिएको बताउनुभयो । उहाँले प्रकृति प्रेम, समाजिक रीतिरिवाज, संस्कृति, पारिवारिक सम्बन्ध र मित्रताका कुरा पनि कृतिमा समावेश गरिएको जानकारी दिनुभयो ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी लेखक श्रेष्ठ नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहसचिव पदबाट अवकाशप्राप्त हुनुहुन्छ । उहाँ गोर्खा दक्षिणबाहु चौथो, शुभराज्याभिषेक पदक, जनपदसेवा पदक तथा दीर्घसेवा पदकबाट विभूषित हुनुहुन्छ । उहाँको यसअघि ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज