24.1 C
Kathmandu
Saturday, July 27, 2024

यी आँखा पनि निदाउन मान्दैनन्

सपनाहरू मसँग किन हो किन आउन मान्दैनन्।

त्यहीँ भएर त यी आँखा पनि निदाउन मान्दैनन्

…………………………………………………………………

सम्झाए देखि तिमीले ढुङ्गा झैँ भनेर यो मनलाई,

यी परेलाहरू पनि आफुलाई भिजाउन मान्दैनन्।

नजर लागेछ सायद उनको खुसीमा पनि अचेल ,

हैरान छुँ किन ती ओठहरू मुस्कुराउन मान्दैनन्।

…………………………………………………………………….

डराएछन संघर्षका भीरहरू संग त्यसैले हुनुपर्छ,

जीवनमा खुसीहरू उपस्थिती जनाउन मान्दैनन्।

कुनै कुनै पीडाहरू पनि निकै लोभलादा हुन्छन,

त्यसैले त हातहरूले यादहरू जलाउन मान्दैनन।

                          ======

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज