काठमाडौं । माओवादी सिद्धान्त पुरुष माओत्सेतुङले क्रान्ति ताका खान नपाएर छालाको जुत्ता उमालेर खानुपर्यो । तेति बेला पनि उनले आफ्ना कार्यकर्तालाई जनताको सियोसम्म नलिनु भनेर सिकाए। कम्युनिष्टका अर्का आदर्श लेलिन पनि साधरण घरमा बस्थे साधारण खाना खान्थे। दिनमा २० घन्टा खट्थे उनलाई देखेर अरु दंग पर्थे। मजदुर र श्रमिकप्रति असिम माया देखाउथे लेनिन तेस्ता व्यक्ति थिए जसलाई भेटन कहर समाजबादका शत्रु पनि आउथे।उनि सबैलाई समय दिन्थे !
धेरै वर्ष जेल जिवन विताएका बिपी कोइराला देखि सातु मात्र खाएर जनताका लागि लडेका पुष्पलालबाट सिक्नुपर्छ। छोरी मर्दा कात्रो किन्ने पैसा नभएर भीख मागेर पनि देश र जनताका लागि लडेका कालमाक्सबाट मात्र होइन राष्टपती भवन अगाडी सानो छाप्रो बनाएर देशका लागि राजनिती गरेका होचि मिन्हाबाट पनि पाठ सिक्नुपर्छ।
बनारसमा बस्दा पुष्पलाल र उहाका साथिले चनाको सातुमा चिनी र पानी मिसाएर पिउदै थुप्रै रात काटेका थिए। भारतीयसंग रुपैया सापटी माग्दा फिर्ता नलिनेसंंम्मका शर्त बताएपछी पुस्पलालले लिन मानेनन् ।आफु बिरामी पर्दा जनरल वाडबाट स्पेसल बडमा समेत जान नमानी साधरण नेपाली जस्तै देखिन चाहाने उनको त्यागबाट हाम्रा आजका नेताले कहिले सिक्लान खैँ !
कम्युनिष्टका आदर्श पुरुष कालमाक्ससंग घरखर्च गर्न र कोठाभाडा तिर्न पैसा हुदैनथ्यो। आलु र पाउरोटि खाएर उनले कयौं रातहरु काटे। बच्चाको औषधि उपचार गर्न सकेनन् । पाचौं छौरी मर्दा छिमेकिले दिएको दुइ पाउण्ड सहयोगले कात्रो किनेर ल्याएर सदगद गरे। तरपनी उनि कत्ति विचलित भएनन् ।
क्युबाका मुक्ति योद्धा चेग्वेभारा भन्थे क्रान्तिकारी राजनेताले साधुको जीवन विताउनुपर्छ। आडम्बर हिन भएर वाच उनि त्यहाँको बैकको मेनेजर,मन्त्री भएर पनि अनेकौं देश डुले तर सम्पत्तिको नाउमा केहि जोडेनन। उनि खाकी पोशाक लगाउथे कठिन परिश्रम गर्थे।
उता महात्मा गान्धीको सम्पतिको नाउमा केबल पाच बस्तु थिए। उनबाट समेत नेपाली राजनिज्ञहरुले थुप्रै चिज सिक्न जरुरी छ। तर हाम्रो देशका नेताले पुर्वज नेताबाट कहिले पाठ सिक्लान ? एउटा नेपाली उखान छ, उन्यु फुल्दा ढुंगा टुसाउदा।