28.1 C
Kathmandu
Saturday, July 27, 2024

सक्सेस ल्याङग्वेज इन्ष्टिच्युटद्धारा रक्तदान कार्यक्रम, १६ यूनिट रगत संकलन

पर्वत । सक्सेस ल्याङग्वेज इन्ष्टिच्युट कुश्माद्धारा आयोजित रक्तदान कार्यक्रममा १६ यूनिट रगत संकलन भएको छ । बर्खायाम सँगै बाढिपहिरोका कारण घाईते तथा चोकपटक लागेका नागरिकहरुको रगत अभावका कारण अकालमै ज्यान जाने गरेको दृष्टिन्तलाई मध्येनजर गदै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बुधवार बिहान भएको कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । उनीहरुको साथबाट १६ न्यूनिट रगत संकलन गरेको सक्सेस ल्याङग्वेज इन्ष्टिच्युटका संचालक रामचन्द्र सुवेदी (आर.सी) ले जानकारी दिए । संकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको रक्त संचार केन्द्रमा संचीत गरिएको छ । उक्त रगत पर्वत जिल्लामै खपत हुने गर्दछ ।

रेडक्रस सोसाइटि जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पर्वतको कुश्मा नगरपालिका–५ पुरानो शहिद बोडिङमा संचालित सक्सेस ल्याङग्वेज इन्ष्टिच्युटले जापानिज र कोरियन भाषा अध्यायपन गराउँदै आएको छ ।

सक्सेस ल्याङग्वेज इन्ष्टिच्युटले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम रक्तदान कार्यक्रम गरेको संचालक सुवेदीको भनाई छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रक्तदान कार्यक्रमले विभिन्न काराणवस रगतको आवश्यकता परेकालाई केही हदसम्म सहजता ल्याउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज