पर्वतका तिन सरकारी कार्यालयले गरे आर्थिक बर्षको बार्षिक कार्यक्रम सार्वजनिक

102

पर्वत । जिल्लाका तिन सरकारी कार्यालयले बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार सदरमुकाम कुश्मा बजारमा एक कार्यक्रमका विच कृषि ज्ञान केन्द्र पर्वत, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई बागलुङले आफ्नो कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा संचालन गर्ने बार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले बार्षिक कार्यक्रम सार्वजनिक गर्दै यस वर्ष आफ्नो कार्यालयले प्रदेश तर्फको ४ करोड ७५ लाख रुपैया बराबरको कार्यक्रम सञ्चालन गर्ने बताउँनुभयो । उहाँले कृषि व्यवसाय प्रवर्धनका लािग अनुदानमुलक कार्यक्रम, कृषि प्रसार तथा तालिम आयोजना,व्यवसायिक फलफुल विकास कार्यक्रम, विउविजन आत्मनिर्भर कार्यक्रम लगायत अन्य महत्वपुर्ण कार्यक्रमहरु संचालन गर्न लागेको जानकारी दिनुभयो ।
(पुर्णपाठ)

Agriculture Knowledge Center, Parbat ppt-सार्बजनिकरण
यस्तै भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले आफ्नो कार्यालयले मत्स्य विकास कार्यक्रम,पशुपक्षी विकास कार्यक्रम,संस्था÷समितिलाई अनुदान र अन्य अनुदानका कार्यक्रम गरि प्रदेश तर्फको २ करोड ७७ लाख ४० हजार रुपैया बरावरको कार्यक्रम सञ्चान गर्ने जानकारी दिनुभयो ।
(पुर्णपाठ)

Veterniary hospital and livestock service centre, Parbat कार्यक्रम सार्वजनिकिकरण पर्वत
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई बागलुङका निमिक्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले पनि आफ्नो कार्यालयले संचालन गर्ने बार्षिक कार्यक्रम सार्वजनिक गर्नुभयो ।
(कार्यक्रम पुर्णपाठ)

PMAMP karyakram sarbajanikikaran 2079.80
कार्यक्रममा कार्यालय प्रमुखले बार्षिक कार्यक्रम सार्वजानिक गरे पश्चात बाल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले कार्यालयहरुले यस आर्थिक वर्षमा संचालन गर्न लागेका कार्यक्रमहरुको बारेमा सुझाव, सल्लाह दिदै सार्वजनिक गरेका कार्यक्रम सतप्रतिशत लागु गर्न निर्देशन दिनुभयो । वि.कले पछिल्लो समय नेपालमा अनुदानका कार्यक्रम राम्रालाई भन्दा पनि हाम्रालाई प्रदान गरिने परिपाटी विकास भएको दुखेसो गर्दै पर्वतका कार्यालयले राम्रालाई नै अनुदानका कार्यक्रम प्रदान गर्न अनुरोध गर्नुभयो । उहाँले कार्यक्रमहरु संचालन गर्न सवै पक्षसंग आफुले समन्वयात्मक भुमिका खेल्ने पनि प्रतिवद्धता जनाउँनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद सापकोटा, राजनितिक दलका प्रतिनिधि,कृषक, पत्रकार लगायतले आफ्नो भनाई राखेका थिए । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत बालि संरक्षण अधिकृत आशिष पाण्डेले र संचालन कुषि प्रसार अधिकृत विश्वास काफ्लेले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here