25.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतका राजकुमार परियार नेपाल आइडल सिजन ४ को टप १२ मा

पर्वत । पर्वतका राजकुमार परियार नेपाल आइडल सिजन ४ को टप १२ मा पुग्न सफल भएका छन् । एपिवान टेलिभिजनबाट हरेक हप्ताको बिहिबार र शुक्रबार राती ९ बजे प्रसारण भइरहेको प्रख्यात गायन रियालिटी सो नेपाल आइडल सिजन ४ मा पर्वतको प्रतिनिधित्व गर्दै उनी टप १२ मा पुग्न सफल भएका हुन् । मंसिर २३ गतेबाट प्रसारण भएको सोमा परियारले शुरुवाती चरणमा नै आफ्नो गायन मार्फत निर्णायकको मन जिति गोल्डेन माइक हात पारेका थिए ।

उनले सोमा राजु लामाको हल्ला चलेछ, सविन राईको गुरासको फेदमुनी, लगायतका चर्चित गितहरु गाएर निर्णायक तथा दर्शक स्रोताको मन लोभ्याका छन् । उनलाई आइडलमा प्रतिस्पर्धीहरु मध्यका एक सम्भावित प्रतियोगिको रुपमा पनि हेरिएको छ । उनी गोल्डेन माइक विजेता भएकाले अहिले सम्म सुरक्षित भएता पनि अब भने उनी भोटिङ सिस्टम मार्फत अघाडी बढ्ने छन् ।

परियारले देश तथा विदेशमा रहनुभएका सम्पुर्ण दर्शक स्रोतालाई आफुलाई धेरै भन्दा धेरै भोट गरि अघाडी बढाउन अपिल समेत गरेका छन् ।

उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गई ०८ टाइप गरि ३७००० मा पठाउँन सकिने छ भने सेलपे एप डाउनलोड गरि पनि भोट गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज