28.1 C
Kathmandu
Saturday, July 27, 2024

धौलागिरी क्षेत्रमै पहिलोपटक पर्वतमा चलचित्र महोत्सव हुँदै !

पर्वत-धौलागिरी क्षेत्रमा नै पहिलो पटक पर्वतको कुश्मामा प्रथम धौलागिरी चलचित्र महोत्सव हुने भएको छ । अहुरी इ्न्टरटेन्मेन्ट प्रालिको आयोजनामा यहीँ पौष ७ देखि १० गतेसम्म उक्त महोत्सव हुने भएको हो । सोमबार पर्वत सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरि उक्त महोत्सवको बारेमा जानकारी गराइएको छ ।
पर्यटन प्रवर्द्धन,कला र संस्कृतिको संरक्षण,अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको र महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्नका लागि सबैलाई सकारात्मक सहयोग गर्न अहुरी इ्न्टरटेन्मेन्ट प्रालिका अध्यक्ष विशाल लोहनीले आग्रह गर्नुभयो ।
महोत्सवमा धौलागिरीका करिब ३ सय ५० भन्दा बढी कलाकार र दर्जन बढी निर्माताको उपस्थित रहने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै प्रचारप्रसार र आवश्यक सहयोगका लागि पत्रकार महासंघ पर्वत र आफू तत्पर रहेको बताउनुभयो । उपभोक्त मंच पर्वतका अध्यक्ष सरिता भण्डारी सरुले महोत्सव सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहुरी इ्न्टरटेन्मेन्ट प्रालिका अध्यक्ष विशाल लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रालिका सदस्य थमनसिंह पुर्जाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार महासंघ पर्वतका सहसचिव दिपेश बि.पोख्रेलले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज