25.1 C
Kathmandu
Saturday, July 27, 2024

स्वर्गिय गमबहादुर मेमोरियल अक्ष्यकोषबाट बालकोटका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ३ स्थित बालारानी माध्यमिक विद्यालयमा रहेको स्वर्गिय गमबहादुर मेमोरियल अक्ष्यकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार गुरुङको २४ औँ स्मृतिमा वडा भित्र रहेका तिन विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

अक्ष्यकोषबाट प्राप्त वार्षिक व्याजबाट कालिका प्रावि, चन्द्र प्रावि र बालारानी माविमा अभिभावकत्व प्राप्त गरेका ५ जना विद्यार्थीलाई ८ हजार बराबरको नगद तथा जिन्सी सामाग्री प्रदान गरिएको बताइएको छ । यस्तै तहगत उत्कृष्ट १० विद्यार्थीलाई पनि झोला सहित शैक्षिक सामाग्री प्रदान गरिएको छ । छात्रवृत्ति कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम वडा नं ३ का वडाअध्यक्ष कर्णप्रताप गुरुङले अक्ष्यकोषबाट वितरण हुने छात्रवृत्तिले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि भएको बताउँनुभयो । उहाँले स्वर्गिय गमबहादुर गुरुङ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गुरुङको नाममा भएका सामाजिक कार्यले स्वर्गिय गुरुङको आत्माले शान्ति पाउँने बताउँनुभयो ।

बालारानी माविमा गम बहादुर गुरुङका छोरा खुम कुमार गुरुङले वुवाको सम्झनामा ५ लाख रुपैया बराबरको अक्ष्यकोष स्थापना गरेका थिए । उनी भने हाल हङकङमा बस्दै आएका छन् । उनले आफु जन्मेको ठाउँको शैक्षिक गुणस्तर बढाउँन तथा वुवाको आत्माको शान्तिका लागि कोष स्थापना गरेर वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताएका छन् । उनले आर्थिक कमजोरीकै कारण कुनै पनि विद्यार्थी पढनबाट बन्चित नहुन भन्ने आफ्नो मान्याता रहेको बताउँदै आगमी दिनमा अक्ष्यकोष बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज