28.1 C
Kathmandu
Saturday, July 27, 2024

महेन्द्र ज्योति मावि लुंखुमा चमेना गृह सञ्चालन

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लंखुमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा चमेना गृह सञ्चालनमा ल्याइएको छ । शिक्षाको गुणस्तर बढाउँन चमेना गृह सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर हमालले बताउँनुभयो । उहाले भन्नुभयो, “यस कार्यले शिक्षामा त गुणस्तर बढाउँछनै, विद्यार्थीहरुको बाहिरी गतिविधिलाई पनि नियन्त्रण गर्नेछ ।” उहाँले पछिल्लो समय छोराछोरी पढाउँनकै लागि अभिभावक बजार झर्ने क्रम चलिरहेको बताउँदै विद्यालयले सञ्चालन गर्ने यस्ता गतिविधिले उनीहरुलाई गाउँमा नै राख्न सकिने बताउँनुभयो ।

चमेन गृहमा स्थानिय स्तरमा उत्पादन हुने फलफूल, अन्न, अण्डा, तरकारी तथा दाल, सागसब्जी, गोभी, काउली, आलु, केराउ, चना आदीबाट बनेका आर्गानिक खाना तथा खाजा मात्र बिक्री वितरण गर्न निर्देशन दिएको विद्यालयका प्रधानध्यापक गोपाल प्रसाद शर्माले बताउँनुभयो । “उहाँले भन्नुभयो, विद्यालयमा जंगफुड निषेधित छ । हामीले चमेना गृहमा खाजा तथा खाना नखाने विद्यार्थीहरुलाई पनि घरबाट नै जंगफुड रहित खाजा तथा खाना ल्याउँन भनेका छौ ।” विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई पनि चमेना गृहबाट नै खाजा खुवाउँने शर्माले बताउँनुभयो ।

चमेना गृह महाशिला गाउँपालिका वडा नं ५ निवासी विनय प्रधानले सञ्चालन गर्ने जिम्मा पाएका छन् । विद्यालयमा करिव ३ सय विद्यार्थी अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज