पर्वत । महाशिला मिडिया प्रा.लिद्धारा सञ्चालित महाशिला खबर डटकमका सम्पादक दिपेश विश्वकर्मा पोखरेल सम्मानित भएका छन् । शनिबार कुश्मा बजारमा भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको १८ औँ बार्षिक साधारण सभा एवम छैठौँ अधिवेशनको अवसर विश्वकर्मा सम्मानित भएका हुन् ।
प्रतिष्ठानलाई पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकारिता क्षेत्रबाट विश्वकर्मालाई सम्मान गरिएको प्रतिष्ठानले बताएको छ । महाशिला गाउँपालिका वडा नं ५ स्थायी घर भएका विश्वकर्मा एक दशक यता पर्वतको पत्रकारितामा सक्रिय छन् ।