25.1 C
Kathmandu
Saturday, July 27, 2024

अफगानिस्तानमा बम विस्फोट हुँदा १६ जनाको मृत्यु

एजेन्सी २९ असोज । अफगानिस्तानको कान्दाहार सहरमा शुक्रबार प्रार्थनाको समयमा शिया मस्जिदमा भएको विस्फोटमा परी १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका बिबी फातिमा मस्जिदका तस्बिरहरूमा सिसाहरू फुटेको, मानिसहरू भुइँमा लडिरहेको र अन्यले मद्दत गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।

विस्फोटको कारण हालसम्म स्पष्ट भएको छैन तर आत्मघाती बम हमला भएको हुनसक्ने आशङ्का गरिएको छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई तीनवटा विस्फोटका आवाजहरू सुनेको बताएका छन् ।

पहिलो मुख्य द्वारमा, दोस्रो प्रार्थना गर्नेहरूले हात धुने ठाउँमा र अर्को तेस्रो । शुक्रबार प्रार्थना गर्नेहरूको धेरै भीड लाग्ने गर्दछ । विस्फोटको समयमा मस्जिद भरिभराउ रहेको बताइएको छ । एएफपीका पत्रकारका अनुसार घटनास्थलमा कम्तीमा १५ वटा एम्बुलेन्सहरू देखिएका थिए ।

हाल सो क्षेत्रलाई तालिवानको विशेष दस्ताले सुरक्षित गरेको छ । बीबीसी अफगानिस्तानका पत्रकार सेकुन्दर करमानीले आईएस–के ले यो घटनाको जिम्मेवारी लिन सक्ने बताएका छन् । गत शुक्रबार मात्र कुन्दुज सहरको शिया मस्जिदमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज