25.1 C
Kathmandu
Saturday, July 27, 2024

कोब्रा सर्पले टोकाएर पत्नीको हत्या

एजेन्सी २९ असोज । सर्पले टोकाएर आफ्नी पत्नीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजायतोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी पत्नीलाई उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनु पर्यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत कोब्रा सर्प मगाए । त्यसपछि सुतिरहेकी पत्नीमाथि उक्त कोब्रा फाले । कोब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शंका व्यक्त गरेपछि गत वर्ष हत्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि यातना दिएको बाबुआमाको आरोप थियो । बाबुआमाका अनुसार सुरजले पत्नीको हत्या गरेर उनको सम्पत्तिमाथि कब्जा जमाउन खोजेका थिए ।

सुरजले हत्या आरोपमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर फोन रेकर्ड हेर्दा उनी सर्प पाल्ने व्यक्तिसँग सम्पर्कमा रहेको र हत्याअघि धेरै पटक इन्टरनेटमा उनले सर्प सम्बन्धी भिडियोहरू हेरेको प्रहरी छानबिनका क्रममा भेटिएको छ । कोब्राले पत्नीलाई टोकेपछि पनि सुरज उनीसँगै कोठामा थिए । तर, अर्को दिन उनी नियमित काममा गएका थिए ।

यो हत्या सुनियोजित देखिन्छ । यो अति दुर्लभ प्रकरण हो,’ मृत्युदण्डको सजाय माग गरेका एक अभिवक्ताले भने । उत्तराको माइती  निकै सम्पन्न परिवार हो । उनका श्रीमान् भने बैङ्कमा सामान्य काम गर्दथे । उनीहरू विवाहमा ठुलो दाइजो दिइएको थियो । जसमा एउटा कार र ५ लाख भारु समावेश छ । मिडिया रिपोर्टस्अनुसार उत्तराको हत्यापछि उनीका केही सुनका गहनाहरू सुरजको घर नजिकै गाडिएको अवस्थामा भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज