25.1 C
Kathmandu
Saturday, July 27, 2024

नेपाल भारत मैत्री संघ ले गर्यो पबित्रा लामालाई सम्मान

११३ औं अन्तरास्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघका अध्यक्ष देबि सुवेदी ज्युको नेतृत्वमा आज भक्तपुरको गुन्डुमा सुभकामना आदनप्रदान सहित बनभोज कार्यक्रमको आयोजना गरेको थियो । नारी दिवसकै उपलक्ष्यमा बिगत 8 बर्ष देखि बेबारिसे लास जलाउदै आएका बेबारिसे बेबस्थापन तथा पुनर्जीवन केन्द्रका सस्थापक पबित्रा लामालाइ सम्मान पनि गरेको छ । लामाले गरेका काम साहसि र प्रेरणादायी रहेको भन्दै संघको केन्द्रिय अध्यक्ष प्रदेश नं. १ का पुर्ब भुमिसुधार तथा सहकारी मन्त्री ओम प्रकाश सरावगी ज्युले पबित्राको कामको प्रसंसा र आगमी दिनमा आर्थिक रुपमा समेत सहयोग गर्ने बाचा गरे । संघका अध्यक्ष देबि सुवेदी ज्युले पबित्रा लामा जस्ता साहसी महिलालाइ सम्मान गर्न पाउँदा गर्व लागेको बताए ।

धेरै महिला दिदिबैनिहरुले पबित्रा लामा जस्तै साहसी र प्रेरणादायी महिला बन्न अनुरोध समेत गरे संघ बाट सम्मान पाएका पबित्रा लामा बिगत सम्झिदै भक्कानिय । कुनै समय बेबारिसे लास जलाउदा आफुले चिया खाने कपमा अरुले चिया नखाने बताइन । आज नेपाल भारत जस्तो ठुलो संघले आफुलाइ प्रेरणादायी नारिको रुपमा सम्मान गर्दा नारी हुनुमा गर्वले छाती फुलेको बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज