28.1 C
Kathmandu
Saturday, July 27, 2024

टी ट्वान्टी क्रिकेट विश्वकप- वेस्ट इन्डिजको युगान्डामाथि शानदार जित

काठमाडौं- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई पराजित गरेको छ । समूह सी अन्तर्गत आइतबार विहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डामाथि १ सय ३४ रनकोशानदार जित हाँसील पारेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । युगान्डाका लागि जुमा मियागीले १३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका लागि अलिक होसेनले सर्वाधिक ५ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ४४ तथा आन्द्रे रसेलले ३० रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज