25.1 C
Kathmandu
Saturday, July 27, 2024

यू–२३ राष्ट्रिय भलिबल टिममा पर्वतका कुवर छनोट

पर्वत । बंगलादेशमा हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि पर्वतका सुवास कुवर छनोटमा परेका छन् । नेपाल भलिबल संघले खुल्ला छनोटबाट बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरे मध्य पर्वत फलेवासका कुवर छनोटमा परेका हुन् । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २४ गतेसम्म चार दिन सञ्चाल भएको खुल्ला छनोटबाट २० खेलाडी छनोट गरिएको हो । कुवर हाल जिल्ला भलिबल संघ पर्वत संगै गण्डकी प्रदेशबाट पनि खेल खेल्दै आइरहेका छन् ।

उनी संगै बन्द प्रशिक्षणमा धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, विष्णु बस्नेत, गोविन्द टमाटा, सफल विक, सन्तोष महता, तेज नाथ, सुरेन्द्र भाट, मनिष मानन्धर, हेमन्त मल्ल, प्रेमप्रसाद गौतम, रुप बहादुर गुरौ, वेद प्रकाश जोशी, सम्राट भण्डारी, सुभास कुँवर, गौरव पाण्डे, भीम राज गुरुङ, विशाल भण्डारी पनि छन् । यू–२३ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नेपालले ऐतिहासिक सफलता दिलाएका जगदिश भट्ट छन् भने यस्तै भरत यादव सहायकमा छन् संघले कात्तिक २७ गते आइतबारदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।पहिलो पटक नेपालले प्रतिस्पर्धा गर्न लागेको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी डिसेम्बर २० देखि २७ गतेसम्म आयोजना हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज