26.1 C
Kathmandu
Saturday, July 27, 2024

एनभिए भलिबल : हेल्प नेपाल र पुलिससहित ६ खेल हुँदै

काठमाडौं ११ असोज । एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फका ६ खेलहरू हुँदैछन् । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा पुरुषतर्फका ६ खेल हुने भएका छन् । महिलातर्फको खेल भने भोलि मंगलबारबाट मात्रै सुरु हुनेछ ।

पहिलो खेलमा बिहान ८ बजेदेखि साविक लिग विजेता हेल्प नेपाल र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । दोस्रो खेलमा १० बजे गल्कोट स्पोर्ट्स क्लबले प्रदेश नम्बर २ को सामना गर्नेछ । तेस्रो खेलमा दावाली मिलन क्लबले १२ बजे गण्डकी प्रदेशसँग आमनेसामने हुनेछ ।

चौंथो खेलमा विभागीय नेपाल पुलिस क्लबले दिउसो २ बजे मणिमुकुन्द भलिबल क्लबको चुनौती सामना गर्नेछ । पाँचौं खेलमा नयाँ बजार सामाजिक युवा क्लबले ४ बजे कर्णाली प्रदेशको सामना गर्नेछ ।

आजको अन्तिम तथा छैटौं खेलमा बूढानीलकण्ठ भलिबल क्लबले साझ ६ बजे ढोरपाटन स्पोर्ट्स क्लबसँग पलिलो अंकको लागि  खेल्नेछ । नेपाल भलिबल संघ एनभिएले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोली गरी २० क्लबको सहभागिता रहेको छ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । दुवै विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रो हुने टिमले १ लाख प्राप्त गर्नेछ । न्यूज कारखाना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज