25.1 C
Kathmandu
Saturday, July 27, 2024

बलात्कारको आरोपमा पर्वतको तिलाहारका ३७ बर्षिय लामिछाने पक्राउ

 पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहारका विकास लामिछाने पक्राउ परेका छन् । जवरजस्ती करणीको आरोपमा मोदी ६ तिलाहारका ३७ बर्षिय लामिछाने पक्राउ परेका हुन् ।

उनले जवरजस्ती करणी गरेको आरोपमा एक युवतीले दिएको निवदेन उपर छानवीनका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जेठ ९ गते पिडित युवतीले आफूलाई करणी गरेको भन्ने उजुरी दिए लगतै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लामिछानेलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज