26.1 C
Kathmandu
Saturday, July 27, 2024

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव स्वेदश ल्याइयो

काठमाडौं ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज