25.1 C
Kathmandu
Saturday, July 27, 2024

छैटौंपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मनाङे यस्तै भए २० पटक मन्त्री बन्छु

काठमाडौं । गण्डकी प्रदेशमा राजीव गुरुङ दीपक मनाङेले छैटौंपटक मन्त्री बनेका छन् । मनाङेले यस्तै अवस्था भए २० पटकसम्म मन्त्री बन्ने बताएका छन् ।

मंगलबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका थिए । केन्द्रको निर्णयअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताए ।
‘यो समस्या यहाँको होइन, केन्द्रको हो । कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भयो । यहाँ सांसदहरूले भोट हालेका हुन् । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ,’ उनले भने ।

मनाङेले मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि कांग्रेस नेतृत्वको सरकारलाई रोजेको सुनाए ।

‘मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ,’ उनले भने ।

मनाङेले थपे, ‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि १ हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र रु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज