25.1 C
Kathmandu
Saturday, July 27, 2024

एमाले काठमाडौं कमिटीको नेतृत्वको मतदान जारी

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।

समयअघिदेखि काठमाडौंको कार्की ब्याङ्केटमा केही मतदान सुरु भएको हो । विद्युतीय मेसिनमार्फत मतदान भएकाले नतिजा मंगलबार साँझसम्म आउने बताइएको छ ।

एमाले काठमाडौंको अध्यक्ष पदमा दीपक निरौला र निर्मल देउवाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु महर्जन, गुञ्जमानसिंह बस्नेत तथा तारा भण्डारीको उम्मेदवारी परेको छ ।

अधिवेशनले ५ पदाधिकारीसहित दुई सय २५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ ।त्यस्तै ७ सदस्यीय लेखा समिति पनि अधिवेशनमार्फत चयन हुनेछ । ५ सय ८५ प्रतिनिधि सहभागी अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज