28.1 C
Kathmandu
Saturday, July 27, 2024

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री देवकोटा दीपक मनाङेले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ ९दीपक मनाङे० ले शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाए ।

बाबुरामको पार्टी नेसपाका गोरखाका देवकोटाले माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद जितेका थिए । माओवादीले विश्वासको मत नदिन गरेको ह्वीपविपरीत उनी मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएका थिए । फणीन्द्रमाथि हिजैदेखि कारबाही प्रक्रिया थालिएको माओवादीले बताएको छ ।

मनाङे यो सहित छैटौं पटक मन्त्री बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज