24.1 C
Kathmandu
Saturday, July 27, 2024

फ्लोर क्रस गर्ने देवकोटा पाए मन्त्री पद उपहार

काठमाडौं । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने फणीन्द्र देवकोटा मन्त्री बन्ने भएका छन् । राजीव गुरुङ (दीपक मनाङे) र देवकोटा मन्त्री बन्न लागेका हुन् । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएसंगै देवकोटा र मनाङे मन्त्री बन्न लागेका हुन् ।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जाम्मेवारी दिन लागिएको मुख्यमन्त्री स्रोतले जनाएको छ । मनाङे छैटौं पटक मन्त्री बन्दैछन । केहीबेरमा शपथको तयारी भैरहेको छ ।

सरकारले आज आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज