30.1 C
Kathmandu
Saturday, July 27, 2024

राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्यान्ड जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्वीट्जरल्यान्डको जेनेभा जाने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा राष्ट्रपति पौडेल जेनेभा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्नेछन् ।
पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यलयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज