28.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रधानमन्त्री दाहालको सहयोगको लागि महासचिव देव गुरुङ पुगे नयाँ दिल्ली

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको सहयोगको लागि पार्टीका महासचिव देव गुरुङ नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहका लागि आएको निम्तो मान्न प्रधानमन्त्री दाहाल आज भारत जाँदैछन् । उनको भ्रमणको तयारी पूरा भैसकेको छ ।

महासचिव गुरुङलाई भारत भ्रमणको मुखैमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई फिर्ता बोलाउने निर्णय भएकोले भ्रमण फितलो नहोस भारत पठाएका हुन् ।
महासचिव गुरुङ प्रवास हेर्ने नेता लक्ष्मण पन्तपनि भारत गएका हुन् । राजदूत शर्माले भारत भ्रमणमा सहयोग नगर्ने बुझेर प्रधानमन्त्री दाहालले अघिल्लो दिन नै महासचिव गुरुङलाई दिल्ली पठाएका हुन् । प्रधानमन्त्री दाहाल अहिले दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज