24.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमण, यस्तो छ कार्यतालिका…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको परराष्ट्र मन्त्रालयले कार्यतालिका प्रकाशित गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेका हुन् । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको साथमा उनको छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपाली फर्किने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज