30.1 C
Kathmandu
Saturday, July 27, 2024

देश बनाउने योजनाको विषयमा बहस गर्न कुनै पार्टी तयार नभएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नीति र देश बनाउने योजनाको विषयमा बहस गर्न कुनै पार्टी तयार नभएको आरोप लगाएका छन् ।

एमाले ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्दै उनले भने, ’हामीसँग नीतिको बहस गर्न कुनै पार्टी पनि आउँदैन । हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विषयमा बहस गर्न कुनै पार्टी तयार छैन । उनीहरुसँग नीति, कार्यक्रम र योजना केही छैन । राष्ट्रियताको बारेमा बहस गर्न कोही तयार छैन। सुशासनको बारेमा तयार छैन ।’
उनले एमालेका अगाडि धेरै ठूला चुनौती रहेको बताए ।

उनले थपे, ‘हाम्रा अगाडि चुनौतीहरु छन् । घेराबन्दी छ । तर, हामीसँग घेराबन्दी तोड्ने अभ्यास छ । षड्यन्त्रका जालाहरु च्यात्ने अभ्यास छ । हाम्रोविरुद्ध विभिन्न कुप्रचारहरु चलाइन्छ ।’

उनले पार्टीविरुद्धको कुप्रचारको प्रतिवाद गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नको लागि मिसन ०८४ को अभियानमा लाग्न निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज