25.1 C
Kathmandu
Saturday, July 27, 2024

नेपालको अथाह पुर्बाधारको सम्भावना र बिकासको अवसर

नेपालको अथाह पुर्बाधारको सम्भावना र बिकासको अवसर देखेर जताततै हात हाल्नेमा सायद म पनि कुनै नम्बरमा आउछुहोला , यो देसमा केही नयाँ गर्छुभनेर सतहमा योजना र उत्साह लिएर देखिन्छन् तर केही समयपछि उनिहरु सतही बनेर बिलाउछन अलप हुन्छन् , देसभित्र भएका यावत समस्या केही होइन , प्रकृतिले दिएका अथाहा सम्भावनाको बिकास गरे कुनै नेपाली खाडी देस वा मलेसियातिर भडकिनु पर्दैन , रोजगारी उत्पादन यहि हुन्छ , हेर्नुस चिनको बिकास , मलेसिया , दक्षिण कोरिया , सिगापुर , थाइल्यान्ड । कोहिले त नेपालको प्राकृतिक सुन्दरता हेरि सुइटजरल्यान्ड बनाउने उत्साह पाले तर यहाँको स्वरूपमा तात्विक परिवर्तन देख्न पाइएन ।
नहुने र असम्भव त दुनियाँमा केही छैन १५ औ बर्ष अँध्यारोसङ्ग लडिरहेको नेपालमा कुलमान घिसिङ जस्ताको नेतृत्वमा लोड सेडिङ हटाउन सकियो , कोभिड जस्तो डरलाग्दो सरुवा रोगका विरुद्ध महाबिर पुन जस्ता बिरहरुले निर्भयतापुर्बक बचाउन सक्ने औजारको निर्माण र मर्मतमा आफ्नो पूरा समय खर्चिदै नेपालका लागि आवश्यक पुर्बाधारका लागि आवश्यक यन्त्र उपकरणमा अनुसन्धान गर्दैछन त्यतै अर्का महत्त्वपूर्ण पात्र हुनुहुन्छ डाक्टर सुन्दुक रुइत जस्लाइ भर्खरै १३ करोडको अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरियो , हाम्रो देसमा प्रतिभाको अभाव होइन त्यसको सम्योजन गर्नेको अभाव हो जस्लाइ कृतिम अभाव भन्दा पनि हुन्छ । देसभित्रै यति धेरै चिकित्सा र इन्जिनियरिङका कलेज छन जहाँ हजारौं लाखौको सङ्ख्यामा विद्यार्थी अध्यन गर्दै बाहिरिदै आएका छन । ती बिदेशको लागि त्यत्तिकै लागेका छैनन् , देसभित्र चित्तबुझ्दो भबिस्य देख्न सक्ने आधार र आश छैन न सरकार कर्मचारीतन्त्र नै परिवर्तनमुखी छ त्यसैले उनिहरु बिदेसिन्छन।
देशले ३० बर्षमा २८ सरकार झेलेको नालिबेली टिभि पत्रकार मित्र रामकृष्ण भण्डारीको ” सत्ता संघर्ष ” नामक पुस्तकबाट उजागर गरेका छन , यसबाट पनि प्रष्ट हुन्छकि देसकै हिकास र जनताको अधिकार र हितका लागि भनेर कसरी सरकार बने र विघटन भए ।
एउटा राजनीति समीकरणबाट बनेको गठबन्धन मात्रै चुनावी भएपछि फ़ेरि नयाँ गठबन्धन बनेको छ यस्मा नयाँ अनुसार पनि आएका छन , नयाँ जोस र उमङ्ग सहित आएका पढालेखहरु प्रति युवाको आश पनि छ तर अवस्था सहज छैन , पुरानाले केही गर्न सकेनन भनेर आएकाहरु पुरानासङै सन्धी सम्झौता गर्दै अगाडि बढ्न गाह्रो छ तर पनि केही गर्न पनि सक्छन कि भनेर झिनो आशाको दियोमा तेल थप्दैछन । शुभकामना युवा जोश र कृयाशिलतालाइ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज