28.1 C
Kathmandu
Saturday, July 27, 2024

अनेरास्ववियु पर्वतको तेस्रो बैठक महाशिलामा सम्पन्न

पर्वत । अनेरास्ववियु पर्वतको तेस्रो बैठक महाशिला गाउँपालिकामा सम्पन्न भएको छ । शनिबार महाशिला गाउँपालिकाको शिला क्षेत्रमा विविध निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले जिल्ला कमिटीमा १० सदस्य मनोनित गरेको छ । मनोनित हुनेमा सुशील शर्मा,प्रशान्त शर्मा,अजय रेग्मी,मनोज पौडेल ,ओम बहादुर छेत्री ,सन्ध्या अधिकरी,सरु पौडेल ,सुजन सुवेदी,दिपक काफ्ले र सम्झना भूषाल रहेका छन् ।

यस्तै बैठकले विभाग प्रमुख समेत तोकेको छ । संगठन विभाग प्रमुखमा गौरव वि पौडेल,प्रचार विभाग प्रमुखमा अजय गिरी, महिला विभाग प्रमुखमा सुस्मिता भुषाल र अखिल फोर्स अध्यक्षमा मनोज पुरीलाई जिम्मेवारी प्रदान गरेको अनेरास्ववियु अध्यक्ष मोहन विक्रम पौडेलले जानकारी दिनुभयो । त्यस्तै,बैठक पश्चात शिला क्षेत्र समेत सरसफाई गरेको पौडेलले जानकारी दिनुभयो ।  उहाँले विद्यार्थीहरुको हक हितका लागि अनेरास्ववियु पर्वत सधै अग्रपंतिमा रहेर काम गर्ने बताउँनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज