25.1 C
Kathmandu
Saturday, July 27, 2024

स्याङ्जा-२ मा धनराज निरन्तर अगाडि, पछ्याउँदै पद्मा

१७ मंसिर, स्याङ्जा । स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् ।

पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।

अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ ।

प्रदेशसभामा पनि महेश भट्टराईलाई ९ मतको झिनो अग्रता

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा काँग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन् । गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन् ।

गल्याङ नगरपालिकाको ११ नं वडासम्मको गणना सकिँदा भट्टराई ९ मतान्तरसहित अगाडि छन् ।

भट्टराईले ११ हजार ६७९ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले ११ हजार ६७० मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज