25.1 C
Kathmandu
Saturday, July 27, 2024

मतपरिणाम पछि पर्वतमा एमाले र कांग्रेसले दिए मतदातालाई धन्यवाद

१० मंसीर, पर्वत । गत मंसीर ४ गतेसम्म पर्वत जिल्लाको निर्वाचन निश्पक्ष र भय रहित भएको राजनैतिक दलहरुको निश्कर्ष छ । निर्वाचनमा भाग लिएका मतदाताहरुलाई नेकपा एमाले र नेपाली कांग्रेसले धन्यवाद दिएका छन् । दुई ठूला दलहरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई धन्यवाद दिएका हुन ।

निर्वाचन सम्पन्न गराउनका लागि सहयोग गर्ने कर्मचारी, सुरक्षा निकाय तथा आफ्ना पाटीका तहगत कमिटिहरुलाई ति ठूला दलहरुले धन्यवाद ब्यक्त गरेका हुन । एमालेको तर्फबाट जिल्ला पाटी अध्यक्ष राजुप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचित आफ्नो पाटीका प्रतिनिधि सभाका सांसद पदम गिरी तथा प्रदेश सभाका सांसदहरु भक्त कुँवर, मित्रलाल बस्याललाई बधाई ज्ञापन गरेका छन् ।

उता, नेपाली कांग्रेस जिल्ला पाटी सभापति युवराज जोशीले जारी गरेको विज्ञप्तिमा विजयी उमेदवारलाई वधाई दिदै गठबन्धनमा मतदात गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन् । कांग्रेसले जारी गरेको विज्ञप्तिमा पाटीको पराजयलाई लघुताभाष पाल्न नहुने कुरा उल्लेख गरिएको छ ।

निर्वाचनको समिक्षा गरेर आगामी दिनमा पाटीलाई थप बलियो बनाउने कुरा जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज