25.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा नेपाली काग्रेस विपिको उम्मेदवारी कायमै, भ्रममा नपर्न आग्रह

पर्वत । करुवा चिन्ह लिएर निर्वाचनमा होमिएको नेपाली काँग्रेस विपि पर्वतले आफ्नो उम्मेदवारी कायमै रहेको जनाएको छ ।शनिवार सामाजिक सञ्जालमा नेपाली काँग्रेस विपिले पनि गठगन्धनलाई सहयोग गरेको भन्ने भ्रामक पोष्ट हालिएको भन्दै आफुहरुको उम्मेदवारी कायमै रहेको र विपि काँग्रेसको पक्षमा जनलहर बढेपछि बिरोधीहरु अत्तालिएर भ्रम फैलाएको नेता कमलनाथ पोखरेलले जानकारी दिनुभयो ।पोखरेलले प्रतिनिधि सभामा देवाखर भट्टाराई र प्रदेश सभामा कमल पौडेलको उम्मेदवारी कायमै रहेकाले करुवा चिन्हमा मतदान गरी नेपाली काँग्रेस विपिका दुवै उम्मेदवारलाई करुवा चिन्हमा मतदान गरी बिजयी गराउन अपिल गर्नुभएको छ । साथै उहाँले सामाजिक सञ्जालमा आएको भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।

शनिवार कुश्मामा प्रजातन्त्रवादी पूर्व कर्मचारीहरुको वैठकमा उपस्थित भएको र निणर्यमा सहमति गरेको भन्ने विषय विवादीत भएको र आफुहरु सहभागि भएपनि निणर्यमा सहमति नजनाईकन बाहिर निस्किएको विज्ञप्तीमा जनाइएको छ ।पर्वतमा विपि काँग्रेस प्रतिको माहौल देखेर फैलाईएको हल्ला निराधार रहेको र सवैले करुवामा मत हाली दुवै उम्मेदवारलाई बिजयी गराउन समेत सो पार्टीको विज्ञप्तीमा भनिएको छ ।

विपि काँग्रेस पर्वत क्षेत्र नं। १ का उम्मेदवार कमल पौडेलले आफुहरु अहिलेपनि प्रचारप्रसारमै सक्रिय रहेको बताउँदै अनर्गल प्रचारको पछि नलाग्ने नेपाली काग्रेस विपि समर्थक नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पर्वतका दुवै उम्मेदवारले बिजयी हुने समेत उहाँको दावी छ ।यसैबीच प्रतिनिधि सभाका उम्मेदवार देवाखर भट्टराईले नेपाली काँग्रेस विपि बिजयको मानसिकता सहित चुनावी प्रतिस्पर्धामा डटेको बताउँदै कुनै पनि प्रकारको गठबन्धन वा प्रतिस्पर्धी उम्मेद्बारलाई हाम्रो समर्थन नभएको बताउनुभयो । उहाँले झुठा, कपोकल्पित र अनर्गल प्रचारको भ्रममा नपर्नहुन मतदाताहरु समक्ष हामी हार्दिक अनुरोध गरिएको बताउनुभयो । सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ( झुठा र षडयन्त्रमुलक प्रचारहरुले हामी सहि दिशामा छौं भन्ने कुरा झनै प्रमाणित भएको छ, हामीलाई प्रचारमा सहयोग गरिदिनु भएकोमा गठबन्धनका प्रतिस्पर्धी उम्मेद्बारहरुलाई धेरै धेरै धन्यवाद ।’नेपाली काँग्रेस विपिको विचार र सिद्धान्तवाट बिचलित हुँदै गएपछि नेपाली काँग्रेस विपि स्थापना भएको हो । नेपालका अधिकांस जिल्लामा यसले उम्मेदवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज