28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा मंसीर ४ गतेको निर्वाचनका लागि कुल १ लाख २२ हजार ६ सय ४९ जना मतदाता

पर्वत । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ महिना नवित्दै पर्वतमा ६ सय मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार पर्वतमा गत स्थानीय तहको निर्वाचनमा भन्दा ५ सय ९९ बढी मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले नामवली संकलनमा सहभागी भएका तर १८ बर्ष उमेर नपुगेका मतदाताको नाम अद्यावधिक गरी थप गरेको हो । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्वतमा १ लाख २२ हजार ५० मतदाता थिए भने आगमी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सञ्चालन हुने दिन मंसिर ३ गते सम्म १८ बर्ष उमेर पुगेका थपिने भएका छन् । जस अनुसार ०७९ मंसिर ३ गते सम्म पर्वतमा ५ सय ९९ मतदाता थपिएर १ लाख २२ हजार ६ सय ४९ जना मतदाता पुगेका छन् । जसमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला मतदाता रहेका छन् ।

यसरी सार्वजनिक भएको मतदाता विवरण अनुसार पर्वतको प्रदेश सभा निर्वाचन अन्तर्गत प्रदेश क मा ६८ हजार ८८ मतदाता रहेका छन् भने प्रदेश ख मा ५४ हजार ५ सय ६१ मतदाता रहेका छन् । प्रदेश क क्षेत्रमा ३९ मतदान स्थल र ८२ केन्द्र रहने भएका छन् भने प्रदेश ख क्षेत्रमा ३५ स्थल र ६६ मतदान केन्द्र रहने भएका छन् ।

मंसिर ४ गते हुने भनिएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि पर्वतमा ७४ मतदान स्थल र १४८ मतदान केन्द्र कायम गरिएको छ । यस अघि भन्दा मतदाता संख्यामा बृद्धि भएका कारण १ वटा मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज